अपराधीलाई जोगाउने गरेकोमा गरुडामा प्रहरी विरुद्ध प्रदर्शन

रौतहट । भादौ ८ गते

नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले सोमवार निषेधाज्ञाको खिल्ली उडाउदै गरुडा नगरपालिकामा प्रहरी ज्यादती विरुद्ध चर्को नारावाजी गर्दै इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । संघर्ष समितिको हौसला बुलन्द गर्न दलित मुक्ती मोर्चाका अध्यक्ष तथा पुर्व राष्ट्रिय सभा साँसद रामप्रित पासवानले प्रहरीले अनुसन्धानको नाममा नवालिकालाई समातेर बलजफती बयान दिई अपराधीलाई जोगाउने कार्य गरेको विरुद्धमा सिंगो दलित समुदाय सडकमा उत्रिनुपरेका आरोप लगाएका हुन् । भदौं महिनाको टण्टलापुर घामको पर्वाह नगरी करिव २ हजार भन्दा बढि दलित समुदायका महिला तथा पुरुषहरु सम्मिलित विरोध सभाको नेतृत्व गर्दै पूर्व राष्ट्रिय सभा साँसद पासवानले पैसाको बलमा प्रहरी अपराधीलाई उन्मुक्ति दिई निर्दोषलाई फसाएकोमा चर्को आलोचना गर्दै जव सम्म बास्तविक दोषिलाई कानुनी डायरामा ल्याउदैन तव सम्म दलित समुदाय चुप लागेर बस्न नसक्ने चेतावनी दिए । गरुडा नगरपालिका ८ बसविटी जिगडियाका २० बर्षिय युवक निरञ्जन रामलाई साउन ३१ गते राति घाँटी रेटेर विभत्स हत्या गराउने सर्च नर्सरीका संचालकलाई समात्नुपर्नेमा अन्य व्यक्तिलाई समातेर कारवाही चलाउदा दलितहरु सडक संघर्षमा उत्रिनु परेको बताए । दलित मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका पासवानले आजको प्रर्दशन ट्रेलर मात्रै रहेको यसबाट प्रहरीले सबक नलिएमा ठूलो सुनामी आउने बताउदै निर्दोषलाई फसाएर दोषिबाट ठूलो रकम लिने डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गराएर छाड्ने प्रतिक्रिया दिए । निरञ्जनलाई घाँटी रेटेर हत्या गर्ने स्थानीय शेष आजादको ११ बर्षिय नवालिका बहिनीलाई इप्रका गरुडाले समातेर पाँच घण्टा सम्म मानसिक रुपमा टौर्चर गरेर निरञ्जनको अनैतिक सम्बन्ध नवालिका संग रहेको बलजफती बयान गराएर मुद्दा चलाई उसको दाईलाई छाड्ने धम्की दिएर दलित समुदायको युवकहरुलाई समातेर मुद्दा चलाउने डिएसपी महतोको षड्यन्त्रमा दलितलाई फसाइएको पिडित नवालिका हिजो पत्रकार सम्मेलन मार्फत आफूलाई फसाएको समेत उनले बताए । कोभिड १९ को महामारीको समयमा यत्रो भिड जुटाएर लकडाउन वा निषेधाज्ञाको खिल्ली उडाएको प्रश्नको जवाफमा पूर्व साँसद पासवानले लकडाउनको समयमा दलितलाई टार्गेट गरेर हत्या गराउने कार्य भईरहदा हामीलाई कोरोनाबाट केही नहुने तर राज्यबाट नै हामीलाई मार्ने र दवाउन कार्य भईरहेकोमा अव दलितहरु हातमा दही राखेर बस्न नसक्ने तथा आन्दोलनको आँधीवेरी ल्याएर दलितको न्याय दिलाएर छाड्ने बताए । विभेदकारी सरकारबाट लकडाउनमा २ दर्जन भन्दा बढीको हत्या, बलात्कार जस्ता घटना गरे तर कोरोना भाईरसबाट मर्ने नमर्ने आफनो स्थानमा छ तर विभेदकारी सरकार र उसको प्रशासनबाट दलित माथि भईरहेको ज्यादतीको विरुद्ध ज्यान जोखिममा राखेर आन्दोलनमा होमिएको दाबी गरे । यो कस्तो लोकतन्त्र हो जहा दलितको हत्या हुन्छ न्यायको लागि आन्दोलन गर्नुपर्छ यही हो नयाँ नेपालको नयाँ लोकतन्त्र, कोरोनाको खिल्ली के उडाउनु राज्यद्धारा जनताको जिउधन सुरक्षित नहुँदा बाध्यताबस ज्यान जोखिममा राखेर संघर्षमा उत्रिएको बताए ।