रौतहटको राजपुर नपाको चौथो नगर सभा सम्पन्न


आरके श्रीवास्तव । रौतहट । आषाढ ०९ गते

राजपुर नगरपालिका आर्थिक बर्ष २०७७÷७८ सालको निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नगरपालिकाका नगर प्रमुख अखतरको सभापतित्वमा आयोजित कार्यक्रममा नगरसभाका सल्लाहकार र वडा नं.१ देखि ९ सम्मका वडाध्यक्ष, नगर कार्यसमिति सदस्य, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारी, नगरवासी लगायतले नगरसभाको सफल्ताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
उक्त कार्यक्रमको बिच राजपुर नगरपालिका अन्तर्गत वडा न ८ मा आधारभुत स्वास्थ्य चौकी निर्माणका लागि वडा न ८ निवासी राकेश दास र प्रभु लाल दास ले निस्शुल्क जग्गा उपलब्ध गराउने भएकोले नगर प्रमुख मो सकिल अख्तर र प्रमुख प्रसासकिय अधिकृत बैजु ठाकुर द्वारा दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख आफ्नो विकासका एजेण्डा सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरपालिकाले आ.व.२०७७र०७८ को कुल व्यय करिव ४९ करोड ३ लाख ९५ हजार बराबरको बजेट तथा कार्यक्रमहरु पारित गरेको छ । “राजपुर नगरपालिकाको आधार पर्यटन, कृषिमा यान्त्रिकरण आर्थिक सम्मृद्धीको पूर्वाधार” भन्ने नारालाई आधार मानेर नगरपालिकाले बजेट पारित गरेका प्रमुख प्रसासकिय अधिकृत बैजु ठाकुर ले जानकारि दिनुभएको छ।