रौतहट । अषाढ ०४

साह निर्माणसेवाको लापरवाहीले कटहरिया बजारका ब्यापारी तथा पसलेहरु शास्ती खेप्न बाध्य भएका छन ।
ठेकदार नागेन्द्र साह र पेटि ठेकदार सुबोध यादवको लापरवाहीले
कटहरिया बजारका ब्यापारी तथा पसलेहरु कठिनाईमा परेका हुन।
कटहरिया देखी जमुनिया सम्म सडक निर्माण तथा कटहरिया वडा ४ र ५ मा नाला निर्माण गर्न ठेकदार नागेन्द्र साहले ठेका लिएका थिए ।
आफुले काम गर्न नसकेका ठेकदार साहले पेठी ठेकदारका रुपमा सुबोध यादवलाई तत्काल नाला र सडक निर्माण गर्न लगाएका थिए।
तर जुन जोगी आएपनी कानै चिरेको जस्तै बनेका छन नागेन्द्र साह र पेटि ठेकदार सुबोध यादव । एकबर्ष अघि यादवले नाला र सडक निर्माण सुरुगरेका थिए ।
कछुवाको चालमा सुरुगरेको नाला र सडक निर्माण हालसम्म पनी पुरा भएको छैन । बहादुरपुर देखी बजार,कटहरिया,बिर्ती,हँथियाही र जमुनिया सम्म बाटो कतै पुरा भएको छैन ।
कटहरिया बजाररमा रहेको कालोपत्रे पिच उखाडेर ग्रेभल हालेको कारण बर्षाहुँदा हिलो र पानी जम्ने घाम लाग्दा पसलभरी धुलो उडेर बस्नै नसक्ने अवस्था भएको निरज ईन्टर प्राईजेजका सञ्चालक जयमंगल साहले गुनासो गरेका छन ।
बजार क्षेत्रमा हिलो,पानी र धुलामय हुँदा जनप्रतिनिधीले पनी वास्ता नगरेको ब्यापारी साहले गुनासो गरेका छन ।
मुल ठेकदार साह निर्माणसेवाका प्रमुख नागेन्द्र साह र पेटि ठेकदार सुबोध यादवले पटक पटक आश्वासन मात्र दिने तर समयमा नाला र सडक निर्माण गर्न नसकेको कटहरियाका ब्यापारीहरुले बताएका छन ।