किसानको सट्टा ब्यापारिले हात पार्ने भएपछि मलखाद पालिकालाइ उपलब्ध गराउन प्रशासनको निर्देशन


आरके श्रीवास्तव । रौतहट १८ असार ।

रौतहट । कृषि सामग्री कम्पनी शाखा चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ । नेपाल सरकार बाट कृषि सामग्री कम्पनी मार्फत आउने मलखाद किसान को सट्टा ब्यापारी को हातमा पुगेको गुनासो आएपछि स्थानीय प्रशासनले उक्त निर्देशन दिएको हो । जिल्ला आपूर्ति समितिको निर्णय अनुसार हाल चन्द्रपुर शाखामा मौज्दात रहेको ८ सय बोरा पोटास र ४ हजार बोरा डिएपी मल दामासाही अनुसार जिल्लाको १८ वटै पालिकालाई उपलब्ध गराउन निर्देशन दिएको रौतहटका सिडियो बाशुदेव घिमिरेले बताए । प्रत्येक पालिकाले सहजरूपमा प्राप्त गर्ने अनुदानको मलखाद वास्तविक किसानले पाउने सिडियो घिमिरेले बिश्वास व्यक्त गरेका छन । यश अघि जिल्लाको १ सय २७ वटा सहकारी मार्फत कम्पनीले बितरण गरेको युरिया,डिएपी र पोटास किसानको सट्टा ब्यापारिले हात पार्ने गरेका थिए । कृषि सामग्री कम्पनी चन्द्रपुर शाखाका प्रमुख रबि केसरी र केही ब्यापारीको सेटिंगमा एकजनाले आठ दस वटा सहकारीको कागजात पेसगरी मलखाद लिने गरेका थिए । किसानको नाउमा आउने मलखाद दररेट भन्दा प्रती बोरामा चारसय देखि ५ सय रुपैया किसानले बढी तिर्दै आएको फतुवा बिजयपुरका एकजना किसान अच्युत मैनालीले गुनासो गरेका छन । कृषि सामग्री चन्द्रपुर र बिरगंज बाट रौतहटको कुन कुन सहकारीले यश आर्थिक बर्षमा कति मलखाद लियो र कुन किसानलाई सहुलियत दरमा दियो स्थानीय प्रशासनले लेखाजोखा लिएमा मलखादका माफिया पक्राउ हुने किसानले बिश्वास लिएका छन ।