बारा । असोज २६ गते
बाराको कलैयामा सार्वजनिक शौचालय प्रयाप्त मात्रामा नहुँदा स्थानीयबासीलाई निकै समस्या भईरहेको स्थानीयबासीको भनाइ रहेको छ । शौचालयको अभावमा कलैयामा फोहोर बढेर दुर्गन्धित बनेको कलैया दहि बजारका जवाहिर साह सोनारले बताउनुभयो । कलैया बजारमा शौचालयको अभावले गर्दा फोहोर बढेको स्थानीयबासी सोनारको भनाइ रहेको छ । दैनिक ५०० देखि १००० सम्म स्थानीयहरु गाउँबाट सदरमुकाम कलैया आउने गरेको स्थानीय व्यापारी दिनानाथ प्रसाद तिवारीले बताउनुभयो ।कलैयाको भरत चौकमा एक मात्र शौचालय भएको र अन्य खुला ठाउँमा पिसाब फेर्ने बढेको स्थानीयहरुको भनाइ रहेको छ । कलैयाको रामजानकी मठको अगाडि ,त्रिचन्द्र विधालयको छेउ ,मालपोत ,नापी ,बरेवा दरबार लगायतको खाली जग्गा अहिले फोहोरको डंगुरले भरिएको स्थानीय कलैयाबासीको भनाइ रहेको छ । कतिपय स्थानीयले जथाभावी नै पिसाब फेर्न गरेको स्थानीय व्यापारीहरुको भनाइ रहेको छ । कलैयामा दिनप्रतिदिन फोहोर बढदै गएपछि गुरु योजना बनाएर नै काम गर्न थालेको र विशेष ध्यान गएको कलैया उपमहानगरपालिका वातावरण शाखाका प्रमुख रामजी मण्डलले बताउनुभयो । अहिले कलैयामा सार्वजनिक शौचालयको अभाव भएकै तर घुम्ती शौचालय सञ्चालन ल्याउनको लागि पहल भईरहेको वातावरण शाखा प्रमुख मण्डलको भनाइ रहेको छ ।सार्वजनिक शौचालय नहुँदा प्रहरीहरु पनि हरान भएका छन् ।भरतचौकमा डिउटी गरिरहेको प्रहरीहरुले नै बताउने गरेका छन् । बाराको सदरमुकाम कलैयामा सार्वजनिक शौचालयको अभाव हुँदा स्थानीय महिलालाई सास्ती हुने गरेको स्वयम् महिलाहरुले नै बताउने गरेका छन् । करैयामाई गाउँपालिका सहजौलीबाट आएकि एक महिलाले भनिन् कलैयामा शौचालयको अभावले आफूहरु मारमा परेको बताईन । स्थानीय सरकार आएपनि गतिलो विकास हुन नसेकेको कलैयाबासीको भनाइ रहेको छ ।कलैयाको शान बचाउन यसतर्फ उपमहानगरपालिकाको ध्यान जान्न जरुरी रहेको सामाजिक अभियन्यता सुरेन्द्र यादवले बताउनुभयो ।