उपप्रमुखको कारण काम गर्ने बातावरण नभएको भन्दै कर्मचारीहरुले पेन डाउन गर्ने दिए धमकी

राकेश यादव , आषाढ़ १८ गते
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा कार्यरत कर्मचारीहरुले उपप्रमुख अंशु सिंह र उहाको श्रीमानको कारण काम गर्ने बातावरण नभएको भन्दै तीन दिने अल्टीमेटम दिदै नगर प्रमुख धीरेन्द्र कुमार सिंहलाइ ध्यानाकर्षण पत्र बुझाएका छन । निमित प्रमुख प्रशासकीय अधिकृत देखि कार्यालय सहयोगी नगर प्रहरी समेतका कर्मचारीहरुले सामूहिक रुपमा लिखित पत्र बुझाएको हो ।
कर्मचारीहरुको तर्फबाट नगर स्वास्थ्य संयोजक सुबोध साहले कर्मचारीहरूको हस्ताक्षर भएको पत्र संचारकर्मीहरुको रोहवरमा नगर प्रमुख सिंह लाइ बुझाएको छ । पत्रमा जनताको सेवा गर्न तत्पर रहेको कर्मचारीलाइ उपमेयर र उनका श्रीमान बबन कुमार सिंहले मानसिक रुपमा तनाव दिदै आएको कारण डिप्रेशनमा जाने अवस्था सृजना भएकोले कार्य गर्ने बातावरण बनाउनको लागि आग्रह गरेको छ ।
कार्य गर्ने बातावरण भएन भने तीन दिन पछि पेन डाउन गर्ने चेतावनी समेत दिइएको छ । कार्यालयमा काम गर्ने कर्मचारीलाइ अनावशयक रुपमा हैरान गर्ने , मोबाईलबाट फोटो खिचेर धमकी दिने , मारपीट गर्ने पटक पटक धम्क्याउने जस्ता कार्य भैरहेकोले स्वतंत्र रुपमा कार्य गर्ने बातावरण नभएको पत्रमा जिकिर गरिएको छ ।
न्यायिक समितिको संयोजक समेत भएको उपप्रमुखले आफ्नो काम कर्तव्य प्रति जिम्मेवार नभई कर्मचारीलाइ लक्षित गर्ने गरेको आरोप लगाएको छ । प्रशाषकीय अधिकृतलाइ बलजवर्दस्ती थुनेर निर्णय पुस्तिकामा सही गर्न लगाउने , कर्मचारीले प्रयोग गर्दै आएको मोटरसाइकल छिनेर आफ्नो श्रीमानलाइ प्रयोग गर्न दिने , जस्ता कार्यले कर्मचारीहरु दुखित भएको देखिन्छ । पूर्वाधार निर्माणको कार्यमा प्रयोग भएका उपकरणको चालकलाइ धमकी दिएर साचो कव्जामा जस्ता कार्य उपप्रमुख र उनका श्रीमानले गर्दै आएको नगरप्रमुख सिंह लाइ बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।