विदेशबाट आएका व्यक्तिहरुको निगरानीमा थप कडाई

बारा, २६ चैत । निजगढ नगरपालिकाले कोरोना भाईरस नियन्त्रण र रोकथाम गर्न विदेशबाट आएका व्यक्तिहरुको निगरानीमा थप कडाई गर्ने भएको छ । नगरप्रमुख सुरेश कुमार खनालको सभापतित्वमा बुधबार सम्पन्न नगर भित्रका स्वास्थ्यकर्मीहरुको बैठकले विदेशवाट आएका व्यक्तिहरुको प्रत्यक्ष रुपमा निगरानी राख्ने निर्णय गरेको हो । बैठकले नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुले घरघरमा गएर स्वास्थ्य परिक्षण गर्नकालागी स्क्रिनीङ अभियान संचालन गर्ने तथा बाहिरबाट आएको ब्यक्तिहरुको सुची तयार गरि निजगढको क्वारेन्टाइनहरुमा राख्ने नगरप्रमुख खनालले बताए ।