उच्चज्वरो, निमुनियाको कारण मृत्यु

बारा, २६ चैत । महागढीमाई नगरपालिका–४ दहियार टोलका १७ बर्षे निरञ्जन केवटको उपचारको क्रममा मृत्यु भएको छ । केवटलाई उच्च ज्वरो र निमुनियाको कारण वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि बुधबार विहान अस्पतालमा भर्ना गरिएको थियो । विरामीको अवस्था गम्भिर रहेको र भेन्टिलेटर नभएको भन्दै अन्य अस्पतालमा रेफर गरेकोमा विरामीको आफन्तले निजलाई वीरगंज हेल्थ केयर अस्पतालमा लैजाने क्रममा विच बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए । यता उच्च ज्वरो र निमुनियाको कारण विरामीको मृत्यु भएपछि कोरोना संक्रमित भए नभएको चेकगर्नका लागि मृत्तकको स्वाब सहित उनिसँग सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परिक्षणका लागि हेटौडा पठाईएको पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।