मुद्धा चलीरहेकै अवस्थामा फेरी खोरकटी बन उपभोक्ताले काठ बेच्न खोज्नु गलत स्थानियको भनाइ

आरके श्रीवास्तव । रौतहट । अषाढ ०४
रौतहटको चन्द्पुर नगरपालिका वडा ९ र १० भित्र पर्ने खोरकटी बन उपभोक्ता समुहले बिगतको हिसाब फर्छौट नगर्दै यसपटक काठ बेच्ने आदेश पाएको छ ।
पटक पटक हिसाब फर्छौट गर्न समुहका पदाधिकारीले गरेको आग्रह बावजुद हिसाबै नगरी फेरी काठ बेच्ने चलखेल भईरहेको गुनासो सुनिएको छ ।
स्थानिय हर्ष बहादुर खनालका अनुसार समुहका अध्यक्ष शुभनारायण चौधरीले बन समुहमा भईआएको आम्दानी खर्चको फर्छौट गरेपछी मात्र पुनं. काठ बिक्री बितरणको आदेश लिनुपर्ने थियो ।
समुहको हिसाब फर्छाैटका लागी अख्तियार सम्म मुद्धा चलीरहेकै अवस्थामा फेरी काठ बेच्न खोज्नु गलत भएको खनालले कटहरिया एफएममा टेलिफोन गरेर जानकारी दिएका छन ।
त्यसैगरी खोरकटी बन उपभोक्ता समुहका पुर्व अध्यक्ष कासीलाल यादवले कार्यालयको फर्निचर बर्षौदेखी आफनो घरमा राखेका छन।
समुहको फर्निचर कार्यालयमा राख्न पटक पटक आग्रह गर्दापनी अध्यक्ष यादवले कुनै वास्ता नगरेको आरोप लगाएका छन ।
जिल्ला बन अधिकृत बिनोद कुमार सिंहले खोरकटी बन उपभोक्ता समुहलाई साल बाहेकको काठ बेच्न आदेश दिएको बताउँदै हिसाब बारे बुझने प्रतिकृया दिएका छन ।