दुर्गाभगवती गापाको गाँउ सभा बाट ३२ करोड ५९ लाखको बजेट प्रस्तुत

आरके श्रीवास्तव । रौतहट, १० असार ।
रौतहटको दुर्गाभगवती गाउँपालिका सङै १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहले बार्षिक निती कार्यक्रमको साथै आर्थिक बर्ष २०७७÷७८ को बजेट पालिका स्तरिय अधिवेशनबाट पारित गरेको छ ।
दुर्गा भगवती गाउँपालिकाको कार्यालयमा संचालन भएको चौथो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष अरुणकुमार साहले वर्तमान अवस्थामा कोभिड १९ बाट अति प्रभावित भई पालिकाको बासिन्दाहरु दुख कष्ट भोगिरहदा तिनीहरुको उत्थानको लागि आकर्षक योजनाहरु आउदो आर्थिक बर्षमा समेटिएको निती तथा कार्यक्रममा समावेश गरिएको बताए ।
विषेश गरी कृषि पोकेट क्षेत्र, सडक सुधार, आधारभुत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराई शान्ति सुव्यवस्था सहितको न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै महामारीबाट प्रभावित द्रनिक ज्यालादारीमा गुजारा गन गरिव असहाय तथा विपन्न परिवारलाई प्रति व्यक्ति तथा बन्दाबन्दी र कोभिड १९ ले निम्त्याएका अन्य कारणले रोजगारी गुमाएका व्यक्तिहरुलाई लक्षित गरी वडा तहहरु मार्फत राहत उपलब्ध गराइएको स्मरण गराए ।
समृद्ध गाउँपालिकाको सपना पर्यटन, कृषि, शिक्षा स्वास्थ्य र पूर्वाधारको परिकल्पनाको आशाँक्षा पुरा गर्न महामारीको कारण समग्र सामाजिक आर्थिक पक्षमा परेको प्रतिकुलता समेतलाई सम्बोधन गर्दै दुर्गाभगवती गाउँपालिकाले देहायका रणनिती को आधार र पक्षलाई ध्यानमा राखि आर्थिक बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम तर्जुमा गरेको जानकारी दिए ।
४८ बुंदे निती, कार्यक्रम अनुसार २०७७÷७८ को अनुमानित ३२ करोड ५९ लाखको बजेट प्रस्तुत गरे त्यसमा समाजिक सुरक्षा बाहेकको रकम समेटिएको छ । चालु तर्फ ५ करोड ६० लाख ८५ हजार पुजीगतको सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, खानेपानी, तथा सरसफाई संस्कृति प्रबद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा समाजिक समावेशीकरण तर्फ ३ करोड १० लाख ७४ हजार तथा आर्थिक विका क्षेत्र (कृषि, उद्योग तथा बाणिज्य, पर्यटन, सहकारी, वित्तिय क्षेत्रमा १ करोड ८० लाख रकम विनियोजन गरिएको गापा अध्यक्ष साहले जानकारी दिए ।