दैनिक सामानहरु सहज रुपमा उपभोक्ता समक्ष पुरयाउने निर्णय

बारा, चैत १७ गते । जिल्ला प्रशासन कार्यालय तथा बारा उद्योग बाणिज्य संघको पदाअधिकारीहरु विच सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न वैठकले जिल्लामा दैनिक आपूर्तिका सामानहरु सहज रुपमा उपभोक्ता समक्ष पुरयाउने निर्णय गरेको छ । बैठकले लड डाउनको समयमा प्रभावकारी रुपमा आपुर्ति व्यवस्थालाई प्रभावित जिल्ला वासीसमक्ष पुर्याउने गरी अगाडी बढने निर्णय गरेको बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितको अध्यक्षमा सम्पन्न सो बैठकमा नेपाल प्रहरीका उपरिक्षक कृष्ण पंगेनी, राष्ट्रिय अनुसंन्धानका प्रमुख बिमल घिमिरे, प्रशासकिय अधिकृत ओमबहादुर खडका, संघका महासचिव जयप्रकाश साह लगायतको सहभागिता रहेको थियो । बैठकले स्थानिय तह अन्तरगत वडा कार्यालयहरुको समन्वयमा सस्तो तरकारी पसल खोल्ने, खाद्यान्न आपुर्तीका लागि प्रयोग हुने गाडी प्रत्येक वडामा पुरयाउने निर्णय गरेको प्रशासकिय अधिकृत खडकाले जनाए ।