गौरमा होम डेलिभरी पुरयाउने सेवा सुरु

रौतहट, चैत १७ गते । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुरयाउने सेवा सुरु भएको छ । उद्योग वाणिज्य संघ गौरको पहलमा ११ वटा खाद्य पसलमार्फत् सर्वसाधारणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको संघका अध्यक्ष पण्डित जयसवालले बताए । कोरोना भाइरसको जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु गरेको बताउदै गौर नगरपालिका क्षेत्रभित्र खाद्यान्न पुरयाए वापत बिल अनुसार भुक्तानी गर्न समेत अध्यक्ष जयसवालले सर्वसाधरणसँग आग्रह गरेका छन् । खाद्यान्न पसलहरु सञ्चालन गर्न दिँदा बजारमा स्थानीयको भिड बढ्न थालेपछि प्रशासनले किराना पसल समेत बन्द गर्ने निर्णय गरेको हो । अत्यावश्यक औषधि खरिदका लागि भने रोक नलगाएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।