बाराको गंजभवानीपुरमा लकडाउन उल्घन

बारा, चैत १७ गते । बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० मा रहेको बजार क्षेत्र गंजभवानीपुरमा नेपाल सरकारको निर्णयको लकडाउन अवज्ञा उल्घन भएको छ । नेपाल सरकारले मुलकभरी लकडाउन गरेको अवस्थामा महागढीमाई नगरपालिकाको बजार क्षेत्रमा खाद्यान्न समाग्री बिक्री गर्ने किराना पसल, औषधी पसल बाहेक बजारमा उपभोगता भन्दा बढी अन्य मानिसहरूको भिडभाड बढी नै देखिएको छ । बिगतको दिन भन्दा हिजो आजका दिनहरुमा एकअर्कोको देखादेखी मानिसहरुको भिडभाड दैनिक बढ्न थालेको हो । लकडाउन अवज्ञा उल्लधंन गर्नेहरुलाई प्रहरी चौकीबाट खटेका प्रहरीहरुले नियन्त्रण गर्न हम्मेहाम्मे परेको छ । बाहिरबाट आउने भन्दा स्थानीयहरुले ती प्रहरीहरु नटेर्ने गरेका कारण बजार क्षेत्रमा भिडभाड हुने गरेको प्रहरी नायब निरिक्षक रुद्रप्रसाद श्रेष्ठले बताए । स्थानीय नेता तथा समाजसेवी भनाउनेहरुका आसेपासेहरु बिना कार्य बजारमा घुम्ने र अन्य ब्यक्तिलाई पनि घुमाउने गरेको प्रहरी नायब निरिक्षक श्रेष्ठले गुनासो गरे । लकडाउनलाई कडाहीको साथमा लागु गर्ने बजार क्षेत्रको टोलमा वडा नम्बर ३ र १० का वडाअध्यक्षहरु रहेपनि उनीहरु भिडभाड प्रति चासो नदेखाएको स्थानीयहरुले बतानएका छन् । चोकचोकमा स्थानीयहरुको भिडलाग्न नदिने नेपाल प्रहरी रहेपनि उनीहरुलाइ स्थानीयहरुले नटेर्ने गरेका छन् । यता दैनिक रुपमा जिविको पार्जन गर्नेहरु खेत तथा अन्यको घरमा गएर काम गर्ने गरेका प्रायःदेखिन्छ । उनीहरुलाइृ कोरोना भाईरसको बारेमा कुनै जिज्ञासा नभएकाले नया निर्माण हुन लागेका मकान तथा खेतमा दैनिक कार्य गर्ने गरेका छन् ।