वडाअध्यक्ष र सर्वसाधारण गरि बारामा थप ९२ मा कोरोना पुष्टि

रौतहट । भादौ ८ गते
बारामा आज थप ९२ जना कोरोना पोजेटिभ थपिएका छन । बाराको कलैया उपमहानगरपालिकामा ७३ जना , अमलेखगञ्ज आयल निगमका १६ जना र काठमाडौमा चेक गराएको पालिका नखुलेको ३ जना अन्य गरि ९२ जना कोरोना पोजेटिभ रहेको जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जानकारी दिनु भएको छ । कलैया उपमहानगरपालिकामा भाद्र ३ र ४ गते तीन सय ४३ जनाको स्वाब संकलन गरेको मध्ये ७३ जना पोजेटिभ पाईएको स्वास्थ्य शाखाका उपप्रमुख अजय जयसवालले जनकारी दिनुभयो । कोरोना सक्रमित हुनेमा कार्यलयका ईन्जिनियर , वडाअध्यक्ष र सर्वसाधारण जनता रहेको जयसवालले बताउनु भयो ।