देवाही गोनाहीको ४ मा ११५ घरपरिवार लाइ ग्याँस सिलिन्डर र चुल्हो वितरण

रौतहट । साउन ०४ गते
देवाही गोनाही नगरपालिकामा आज ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । नगरपालिकाको वाड नं ४ दोहर टोलमा वितरण गरिएको हो । उतm वडाको ११५ जना घरपरिवार लाई ग्याँस सिलिण्डर र चुल्हो उपलब्ध गराइएको हो । एक कार्यक्रमका बिच प्रमुख अथिति मौलापुर नगर प्रमुख रिना कुमारी साहले वितरण गर्नु भएको थियो । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत नेकपा प्रदेश २ का अध्यक्ष एवम् पूर्व मंत्री प्रभु साहको पहलमा वितरण गरिएको थियो । देवाही गोनाही नगरपालिका कि उपमेयर परनिया देवीको अध्यक्षतामा र सोही वाड का वाडाध्यक्ष राम प्रबेश पटेल, मेयर प्रत्यासी प्रेम लाल साह लगायतका व्यतीहरुको उपस्थिती रहेको थियो ।