प्रहरीको गस्ती टोलीले गर्यो फरार प्रतिवादी पक्राउ


रौतहट । साउन ०६ गते
लागु औषध नाईट्राभेट टयाबलेट मुद्दा शिर्षकमा सम्मानित जिल्ला अदालतको च.नं.१३९५६ मिति २०७७।०३।१० गतेको पत्रसाथ ३५ दिने पक्राउ पुर्जी जारी भई आएका जिल्ला रौतहट गौर न.पा. ४ टिकुलीया बस्ने शिवजी गिरीको छोरा जितेन्द्र गिरीको खोजतलासको क्रममा निजको नाउँको सूचना पूर्जी तामिल गर्ने आज मिति २०७७।०४।०६ गते दिउँसो १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी टोलीले निजकै गाउँ घरमा रहेको अवस्थामा फेला पारी जिप्रकामा दाखिला गरेकोले उसको नाममा सूचना पूर्जी उनलाई बुझाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराईएकोमा सम्मानित अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाएको हो ।