पारखिको लागि खुसीको खबर, एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च गरुडामा पनि

रौतहट सम्बादाता रौतहट २६ माघ ।स्वाद पारखिको लागि खुसीको खबर रौतहटको उतरिभेग चन्द्रनिगाहपुरमा लामोसमय देखि संचालनमा रहेको एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च गरुडा बजारमा पनि संचालनमा आएको छ। जिल्लाको मध्यभाग गरुडा बजारमा एएन प्लाजा रेस्टुरेन्ट संचालन संगै सदरमुकाम गौर लगायत भारतिय क्षेत्र बाट ४० । ५० किलोमिटर टाढा चन्द्रनिगाहपुर पुग्नुपर्ने झन्झटको अन्त भएको छ। चन्द्रनिगाहपुरमा ४ बर्ष देखि संचालनमा रहेको एएन प्लाजाले ताजा र स्वादिलो नास्ता खाना,आवासका साथै पार्टी पैलेसको सेवा दिएर सेवाग्राही तथा स्वादका पारखी माझ निकैनै चर्चित बनेको छ। एएन प्लाजा रेस्टुरेन्ट चन्द्रनिगाहपुरमा स्वादिलो नास्ता र खानाको लागि रौतहटको प्रायः सबै स्थानीय तहका मानिसका साथै रौतहटको सदरमुकाम गौर तथा सिमावर्ती भारतिय बजार बाट दैनिक सैयौं मानिस जानेगरेको संचालक नागेन्द्र यादवले बताएका छन । चन्द्रनिगाहपुर आउनजान सेवाग्राही लाई हुनेगरेको कठिनाइ लाई मध्यनजर गर्दै स्थानीय तथा जानकारहरुको सल्लाह अनुसार गरुडा बजारमा मालपोत कार्यालय छेउमै एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च हालै संकलनमा ल्याएको संचालक अरबिन्द चौधरीले बताएका छन । नेपालमा होटेल मेनेन्मेन्ट कोर्स पूरा गरि दुबई बाट ५ बर्षको कामको अनुभव बटुलेका चौधरीले आफ्नै गाउँ ठाउँमा रेस्टुरेन्ट संचालन गरेर सेवा दिने ठुलो धोको रहेको बताए । गरुडामा ब्रान्छ खुलेसंगै धोको पूरा भएको र हाल रेस्टुरेन्टमा भारतिय,चाईनिज,नेपाली खाना,नास्ता,मासुको विभिन्न परिकार,पिजा,बर्गरका साथै १५० थरिको परिकार पस्किरहेको बताए । होटलमा आउने ग्राहकलाई सुबिधा तथा मनोरञ्जनको लागि गार्डेन तथा बालबालिकाको लागि किडपार्कको सेवा उपलब्ध रहेको संचालक अरबिन्द चौधरीले जानकारी दिएका छन । त्यतिमात्र नभै होटेल एएन प्लाजा गरुडामा साकाहारी र मांसाहारी ग्राहकको लागि छुट्टाछुट्टै भांडा बर्तन र छुट्टाछुट्टै भान्साको ब्यवस्था रहेको छ। रौतहट बासिको बिशेष सुबिधाको लागि होटल संगै अगामी बैशाख १ गतेदेखि एएन प्लाजा पार्टी पैलेस पनि संचालन हुने तथा उक्त पार्टी पैलेसमा सस्तोमा बेहेवारी तथा अन्य प्रयोजनको लागि हल उपलब्ध गराउने संचालक तथा होटल ब्यवसायी संघ रौतहट का उपाध्यक्ष चौधरीले प्रतिबद्धता जनाएका छन ।