नेकपा एमालेका प्रचार प्रसार भेला सम्पन्न

रौतहट १७ असार।नेकपा एमालेका पोलटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले देशको ठूला भनाउने मीडिया सिङ्गो एमाले पार्टीको विरुद्दमा भ्रम छर्ने गरेको टिप्पणी गरेका छन। रौतहटको देवाही गोनाही स्थित आईतवार नेकपा एमाले जिल्ला स्तरिय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्। एमाले पार्टीको जिल्ला ईन्चार्ज समेत रहेका नेता पौडेलले केहि राष्ट्रीय मिडियाहरुको नामै तोकेर भनें गत निर्वाचनमा कांग्रेस गठबन्धन संग मीलेर एमाले बिरुद्द लागेका थिए र आगामी निर्वाचनको लागि अहिले देखि षड्यन्त्रमा लागेका छन।समाजबाद र पूँजिबादको विश्लेषण गर्दै मात्र १ मुठ्ठी अर्थात १ अरब भन्दा कम संख्या भएका पूँजीबादीहरु भ्रमकै खेतीको भरमा संसारका ६ अरब समाजबादी माथी राज गरीरहेको उनले उल्लेख गरेका थिए।त्यसैगरी नेता पौडेलले कान्तिपुर दैनिकले आफ्नो व्यक्तिगत फाईदाको लागि कसैकाे चरित्र बनाउने कसैकाे बिगार्ने, कसैलाई माथी उठाउने कसैलाई तल देखाउने किसिमको मात्र सामाचार लेख्ने गरेको आरोप लगाए।मीडिया प्रती आक्रामक रुपमा खनिएका एमाले पोलिटब्युरो सदस्य पौडेलले कान्तिपुर दैनिकले पार्टीे अध्यक्ष केपी ओलीलाई लक्षित गरी अभियान नैं चलाएको जिकिर गरे।नेकपा फुटे पछी पहिले माधव नेपाल अल्गिए, रौतहटको हकमा प्रभू साहले पार्टी छोडे, जिल्लाको दुर्इवटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधिसभाको एमालेको उमेदवार हुँदा पनि समानुपातिक तर्फ ३४ हजार मत आउँनु ठूलो महत्व राख्ने उनको भनाई छ।प्रतिनिधिसभा निर्वाचन पछी रौतहटमा एमाले भेट्दैन तपाईँ पार्टीको जिल्ला ईन्चार्ज भएर नजानुस भनेर विपक्षीले षड्यन्त्र गर्न खोजेको नेता पौडेलले जिकिर गरेका थिए।पार्टीको बिचारको आधारमा रौतहटका जनता संगठित भएको उल्लेख गर्दै केहीसमय पछि रौतहट पुरानै लयमा फर्किने उनले विश्वास ब्यक्त गरेका थिए। एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी बीच सहकार्यको खाँचो रहेको नेता पौडेलले औँल्याएका थिए।कार्यक्रममा मधेश प्रदेश प्रचार संयोजक अरबिन्द कुमार सिंहले हाल कम्युनिष्ट पार्टीको सकुलिङ बन्द रहेको तथा नेता कार्यकर्ता तामझाम देखाएर ठुला नेताको चाकरीमा अल्झेको आरोप लगाए। त्यसैगरी पार्टी केन्द्रिय सदस्य उद्वव रेग्मी, केन्द्रिय सदस्य अजयकुमार गुप्ता,केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह,प्रेस चौतारीका केन्द्रिय सदस्य सञ्जय मिश्रा, प्रदेश सदस्य बिना राउत,रामप्रवेश बैठ, प्रचार बिभाग प्रमुख रूपेश पटेल लगायतले रौतहट कम्युनष्टहरको उर्वर भूमि भएको बताएका थिए। देशमा एमाले पार्टीको आफनै भूमिका रहेको,जनजीविका, उत्पादन, विकास निर्माणका क्षेत्रमा, महत्वपूर्ण भूमिका रहेको बताएका थिए।कार्यक्रममा देवाही गोनाहिका मेयर प्रेमलाल साह, उपमेयर परणिया पटेल, पार्टी नगर अध्यक्ष ब्रह्मदेव पटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष उत्तम कुमार उपाध्याय, लगाएतको सहभागीता रहेको थियो।