रौतहटको पिप्रा पोखरियामा बाटो बनाउने बिषय लाइ लिएर दुईपक्ष बिच झडप

रौतहट । आषाढ १७ गते
रौतहटको कटहरिया नगरपालिका वडा ८ पिप्रा पोखरियामा बाटो बनाउने बिषय लिएर दुुईपक्ष बिच भएको झडपमा ७ जना घाईते भएका छन ।
झडपमा संलग्न रहेको भन्दै प्रहरीले एकदर्जन भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ । पिप्रापोखरियामा नयाँ सडक बिस्तार गर्नेक्रममा नेकपा कार्यकर्ता र जनता समाजबादीका कार्यकर्ता बिच बुधवार दिउँसो झपड भएको थियो । केहि बेर स्थिती तनावग्रस्त बनेको थियो । स्थिती लाइ साम्य पार्न इप्रका कटहरियाको टोली,मौलापुरको टोली,गरुडा सहित अन्य ठाँउको प्रहरी टोली त्यहाँ पुगेको थियो ।
झडपमा जितेन्द्र यादव,छोटेलाल यादव लगायत ७ जनालाई चोट पटक लागेको र उनीहरुको गरुडा स्थित आयुष्मान अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन ।
घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको र उनीहरु ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको सई सिंहले जानकारी दिएका छन । एक पक्षले अर्को पक्षका मान्छेको घर मा राखिएको बाइकमा समेत तोडफोड गरेको प्रहरीले पुष्टी गरेको छ ।