सार्वजनिक बिदा आज, सरकारले सच्यायो गल्ती

हेटौंडा– नेपालका इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

यसअिघ भोलि अर्थात २३ गते बिदा घोषणा गरेको सरकारले इद उल फित्र आज बुधबार नै परेको कारण आज बुधबार नै बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।

इद उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन् ।
यसअघि प्रदेश २ ले पनि आज बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।