माओवादी आक्रमणमा १६ जनाको मृत्यु

महाराष्ट्र– भारतमा माओवादीले गरेको आक्रमणबाट १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो ।

मारिने सबै महारष्ट्र प्रहरीको सी–६० कमान्डो रहेका छन् । डाँडापुरसडक हुँदै कोर्चीतर्फ गइरहेको सुरक्षाकर्मीको दुई गाडीलाई लक्षित गरी बिस्फोट गराइएको थियो । विस्फोटमाअन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् । गत वर्ष सुरक्षाकर्मीले भाम्रघार जिल्लामा चलाएको कारबाहीमा ४० जना माओवादी लडाकुको ज्यान गएपछि त्यसकै बदलामा यो विस्फोट गराइएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।]

घटनास्थलमा उद्धारकर्मी पुगिसकेका छन् । घाइतेलाई अस्पतालमा पु¥याइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको भत्र्सना गर्दै सुरक्षाकर्मीको बलिदानलाई नबिर्र्सने बताएका छन् । महाराष्ट्रको गढचिरौली माओवादीको प्रभाव क्षेत्र मानिन्छ ।