चौबिस घण्टा नबित्दै समातियो मोटरसाइकल चोर

हेटौंडा–मकवानपुर प्रहरीले मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार साँझ हेटौंडा–१५ बाट हराएको ग.११ प.४९४७ नम्बरको क्रस फायर मोटरसाइकल चोरी गर्ने हेटौंडा–१४ का विकास थिंङलाई हेटौंडा सुगौलीबाट मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोर्ने थिंङलाई सार्वजनिक गरिएको छ । मनहरी गाउँपालिका–८ का प्रविण बर्तौलाको उक्त मोटरसाइकल हेटौंडा १५ स्थित पार्किङ गरेर राखेको ठाउँबाट हराएको थियो ।

मोटरसाइकल चोरी मा पक्राउ परेका थिङलाई मुलुकी अपराध संहिता २०७४ को परिक्षद २० को चोरी तथा डाँका सम्बन्धि कसुरमा ३ बर्ष कैद र तिस हजार सम्म जरिवाना हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।