खहरे खोलाले बगाउँदा मकवानपुरमा आमाछोरी बेपत्ता

हेटौंडा — आइतबार राती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा आमा छोरी बेपत्ता भएका छन् ।

खोलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता बेपत्ता भएका हुन् । राति घरमै सुतिरहेका उनीहरुलाई वर्षासँगै आएको खहरेले बगाएको प्रहरीले जनाएको छ । घरमै सुतेका मध्ये एकजना भाग्न सफल भएका छन् । उनीहरुको खोजीकार्यको लागि प्रहरी परिचालन भइसकेको बताइएको छ ।

यस्तै थाहा नगरपालिका १ खानिखेतमा पहिरो खस्दा गए रातिदेखि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ता विभिन्न राजमार्ग अवरुद्ध भएको छ ।