मधेशमा एमालेप्रतिको क्रेज बढदो, जनता समाजबादीबाट निर्वाचित उपमेयर एमाले प्रवेश

रौतहट, बैशाख २ । तत्कालीन मधेसी जनाधिकार फोरम हाल जनता समाजबादीबाट निर्वाचित एकजना उपमेयर पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । जिल्लाको सिमावर्ती बौधिमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा आज एमालेमा प्रवेश गर्नुभएको हो ।

मौलापुर नगरपालिका पथराबुधराम स्थित एक कार्यक्रमका बीच उपमेयर कुश्वाहाले आफू र आफ्नो सबै समर्थक हालको पार्टी जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेमा प्रवेश गर्नुभएको हो । कुश्वाहा र उहाँका समर्थकलाई एमाले स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुर नगर प्रमुख रिनाकुमारी साहले संयुक्त रूपमा माला र टिका लगाई एमालेमा भित्रयाउंदै स्वागत गर्नुभयो ।

कार्यक्रममा मौलापुर नगर प्रमुख रिना साहले नगरक्षेत्रमा आफुले गरेको विकास निर्माणको चर्चागर्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेकै पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा मौलापुर नगरपालिकाको उपप्रमुख गौरीशंकर जयसवाल, एमाले प्रदेश कमिटी सदस्य मनोज यादव , किरण साह,जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका बक्ताहरुले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार गर्ने एकमात्र पार्टी एमाले भएकाले स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्नुभएको छ ।