तराईका जिल्लाहरुमा हुस्सु संगै शितलहरको प्रकोप

बारा, १० पुस । तराईका जिल्लाहरुमा हुस्सु संगै शितलहर चलेपछि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका स्थित जितपुरका युवाहरुले गरिब दलित असशायहरुलाई कम्बल, चाउचाउ बितरण गरेका छन् । जितपुरका विभिन्न ठाउँमा रहेका गरिब दलित असाहय गरी करिब ५० जनालाई कम्बल, कपडा चाउचाउ सहित खानेकुरा बितरण गरेको हो । राईजिङ युवा कलब जितपुरका अध्यक्ष हरि गुप्ताको अध्यक्षतामा सो सामाग्री बितरण गरिएको थियोे । जाडोको समयमा राति जितपुरको विभिन्न ठाउँमा गरिब दलित असाहयलाई अलि सजिलो होस् भने उदेश्यले बितरण गरेको कलबका पुर्व अध्यक्ष सुरेश चौधरीले बताउनु भयो । यसैविच बढदै गएको चिसोका कारण प्रभावित बनेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाका दुई ठाँउमा कम्बल बितरण गरिएको छ । पुर्वी टोल र टा«फिक कार्यालय पछाडी पटी रहेको टोलमा गरि ४१ जना वृद्ध, अपाग, दलितहरुलाई कम्बल बितरण गरिएको थियो । रेडक्रस सिमरा उपशाखाको आयोजनामा सो कमबल बितरण गरिएको थियो । कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पुर्व साँसद डा. शोभाकर पराजुलीले वृद्ध, वृद्धा, अपांग र दलित समुदायका ब्यतिmहरुलाई यसबाट राहत पुग्ने बताउनु भयो । यसैगरी निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले चेपाङहरुलाई सिरक वितरण गर्नु भएको छ । वडा अध्यक्ष घलानले वडा कर्यालयमा आयोजित एक कार्यक्रमका बिच ३५ घर परिवारका लोपोन्मुख चेपाङहरुलाई सिरक वितरण गर्नुभएको हो । जाडोका कारण न्यून आर्थिक अवस्था भएका चेपाङहरुको दैनिक जिवनयापन कष्टकर बन्दै गएपछि न्यानो प्रदान गरिएको वडा अध्यक्ष घलानले बताउनुभयो । यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले सदरमुकाम कलैयाको विभिन्न ठाँउहरुमा दाउरा वालेर नागरिकलाई सेवा प्रदान गरेको छ । बढदै गईरहेको सित लहरका कारण सडकमा हिडडुल गर्ने यात्रीहरु प्रभावित भएको हुँदा आगो ताप्ने व्यवस्था मिलाईएको प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिकाको भरत चोक, देवकोटा चोक सहित विभिन्न स्थानमा आगो बालिएको प्रहरी उपरिक्षक बिकासराज खनालले जानकारी दिनुभयो ।