सूर्य ग्रहण

काठमाण्डौ, १० पुस । बिहिवार बिहान ८ः४२ मा सुरु भएको सुर्य ग्रहण बिहान ११ः३१ मा सकिएको छ । पश्चिम दक्षिण दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएको छ । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियो । यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो । यता ग्रहण सकिएसंगै मध्यतराईका बारा, पर्सा रौतहट लगायतका सर्वसाधारणहरु आफनो दैनिक कार्यमा ब्यस्त भएका छन् ।