रौतहट । साउन १० गते
रौतहटको चर्चित बजार कटहरियामा नेपाल विधुत प्राधिकरणको काउन्टर खोल्न माँग उठन थालेको छ । नेपाल विधुत प्राधिकरण शाखा मौलापुर वितरण केन्द्रमा विधुतको विल भुतानी गर्नका लागि जान आउन समस्या हुन थाले पछि यस्तो माँग उठन थालेको हो । मौलापुर शाखा अन्तर्गत मौलापुर नपा,फतुआ विजयपुर,देवाही गोनाही,कटहरिया र बौधिमाइ नपा पर्दछ जहाँ एक ठाउँमा मात्र काउन्टर रहेकोले विल भुतानी गर्न मानिसहरुको भिडभाड लागने गरेको छ । लामो लाइनमा बस्न उपभोताहरु बाध्य भएपछि प्रशाखा अथवा काउन्टर खोल्न तर्फ पनि अवाज उठन थालेको हो । यसै बिच कटहरिया वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन साहले एक प्रेस विज्ञप्ती जारी गरी विधुत महसुल बुझाउने काउन्टरको व्यवस्था कटहरियामा गरिदिन हुन् जोडदार माँग गरेका छन् । साथै कटहरिया नगरपालिका भित्र जुन सुकै समय वा स्थानमा विधुतको पोल,तार र ट्रान्सफार्मरमा समस्या पर्दा तुरुन्त समयमा सामाधान गरि सहयोग गरि दिनु हुन् आग्रह गरेका हुन् । उपभोतालाइ आवतजावत गर्न निकै कठिनाइ अप्ठयारो हुन थाले पछि वडाध्यक्ष साहले मौलापुर शाखाका कार्यालय प्रमुख संग यस्तो माँग गरेका हुन् ।
यस विषयमा नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका कार्यालय प्रमुख शक्ति साह संग सोध्दा आफुले यस विषय लाइ गम्भिरता संग लिएको र कटहरियामा छिट्टै विधुत महसुल बुझाउने काउन्टर संचालनमा आउने जानकारी गराए । यसका लागि अफिसियली प्रक्रिया अगाडी बढाइएको बताए । तर हालै चाँहि विधुत प्रशाखा नखुल्ने स्पष्ट पारे । यसका लागि अलि लामो प्रक्रिया भएको नेपाल विधुत प्रधिकरणको प्रदेश २ का प्रमुख संग कुराकानी भइरहेकोले सेवाग्राही लाइ धैर्य गर्न आग्रह गरे ।