खसी चोरेको आरोपमा दुई जना रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट ,साउन ११ गते
रौतहटमा दुई जना खसी चोर पक्रउ परेका छन । खसी चोरेको आरोपमा ईलाका प्रहरी कार्यालय कटहरियाले आज विहानै कटहरीया बजारबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरका रामकल्याण यादवका छोरा राजु यादव र रउदी यादवका छोरा फेकु यादव रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक सई सुरेन्द्र सिंह जानकारी दिएका छन ।

दुवै जनालाई कटहरिया बजारमा उक्त खसी बेच्न लगेको अवस्थामा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटहरियाका सई सिंहकोे कमाण्डमा गएको प्रहरी कटोलीले खसी सहित रंगेहात पक्राउ गरेका थिए ।

गएराति घरका सबै सदस्यहरु सुतेको अवस्थामा यी दुवैजनाले स्थानीय गुडु राय यादवको १३ हजार रुपैया पर्ने खसी चोरेका थिए ।

चोरी गरेको खसी रातारात कटहरिया पुर्याइ मार्न लागेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

खसी सहित पक्राउ परेका दुवैजनालाई अबदेखी यस्तो नगर्ने सर्तमा माफी स्वरुप छोडिएको इप्रका कटहरियाका सई सुरेन्द्र सिंहले जानकारी दिएका छन ।