सामाजिक सुरक्षाभता बितरण सुुरु गराए पछी नगरपालिकाको तालाखुल्यो

रौतहट,चैत १२ गते ।
रौतहट । बौधीमाई नगरपालिकामा सामाजिक सुरक्षाभता बितरण सुुरु गराएपछी नगरपालिकाको ताला खुला भएको छ ।
सैयौंको संख्यामा गएका जेष्ठ नागरिक,एकल महिला,अपांग लगायतका संग मेयर यादवले माफी माग्दै वडा १ मा सामाजिक सुरक्षाभता बितरण सुरेलगतै ताला खुलेको हो ।
होली पर्वमा पनी सामाजिक सुरक्षाभता बितरण नहुँदा नेकपा प्रदेश कमिटि सदस्य मनोज यादव र त्रिभुवन साहको नेतृत्वमा गएका सेवाग्रहीहरुले कर्मचारीहरुलाई भित्रै थुनेर बिहिवार बिहान ११ बजे नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए ।
४ घन्टाको बार्तामा मेयर यादवले एनआईसी बैंक बंकुल शाखाको कमजोरीको कारण बताउँदै लामोसमय देखी रोकिएको सामाजिक सुरक्षाभता बितरण सुरु गराएपछी अपरान्ह ३ बजे ताला खुला गरीएको थियो ।
गत कार्तिक महिना भित्र पाउनुुपर्ने सामाजिक सुरक्षाभता होलीपर्वको मुखमा पनी बितरण नहुँदा बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको बौधीमाईका नेकपा प्रदेश कमिटि सदस्य त्रिभुवन साहले बताउनुु भयो ।
सेवाग्रहीहरु ब्यानर,तुल,प्लेकार्ड सहीत मेयर यादव बिरुद्ध बिभिन्न नारा लगाउँदै बंकुल बजारको परिकर्मा पश्चात नगरपालिकामा तालाबन्दी गरेका थिए ।