फेरि पनि प्रचण्डकै शरणमा पुगे माधव नेपाल

काठमाडौं, चैत १२ । एमाले नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग गोप्य बार्ता गर्नुभएको छ । नेता नेपाल र प्रचण्डबीच आज कोटेश्वरस्थित एक व्यवसायीको घरमा गोप्य बार्ता भएको हो ।

प्रचण्डसँगको भेटमा नेकपा एमाले खारेज नभएसम्म प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई केही गर्न नसकिने अवस्था प्रष्ट भइसकेकोले अदालतमा सेटिङ गरेरै भएपनि खारेज गराउनु पर्ने प्रस्ताव राख्नुभएको स्रोतले बतायो । प्रचण्ड निकट नेताहरुले बार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको जनाएका छन । सर्वाेच्चको फैसला पुनरावलोकन गर्न जानु भनेको एमाले र माओवादी केन्द्र खारेज गर्न माग गर्नु हो ।

सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि नेता नेपाल एमालेमै फर्किएको घोषणा गर्दै पार्टी सकाउने अभियानमा हुनुहुन्छ । पार्टीभित्रै बबण्डर मच्चाउँदा पनि खासै उपलब्धी हुने नदेखेपछि प्रचण्डसँग मिलेर अदालतमा सेटिङ गराउने र एमाले माओवादी ब्यूँताउने फैसला पुनरावलोकन गर्ने नेपालको योजना छ । छलफलमा प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे आफूहरुले निर्णय नै गरिसकेको भन्दै आफूहरुको निर्णयमै उभिएकोमा धन्यवाद दिनुभएको छ ।साभार जनता टाइम्स