फतुवा बिजयपुर ५ मा ग्याँस सिलिण्डर तथा चुल्हो बितरणमा बिभेद भयो स्थानिय


रौतहट । आषाढ २१ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ५ मा ग्याँस सिलिण्डर तथा चुल्हो बितरणमा बिभेद भएको आरोप लागेको छ ।
वडा ५ का अध्यक्ष शेख एजाज महमदले आफना नजिकका मानिसलाई मात्र ग्याँस दिने र अन्यलाई नदिने तथा दुब्र्यवहार समेत गरीरहेको स्थानियहरुको आरोप रहेको छ ।
वडा अध्यक्ष शेख एजाज संग प्रतिकृया लिंदा सन्तपुरमा हाल ५ सय ५० परिवारलाई ग्यांस सिसलण्डर बितरण भईरहेको बताए । गाँउको जनसंख्या एकहजारको हाराहारीमा रहेकाले बाँकीलाई दोसा्रे चरणमा बितरण हुने तथा कसैलाई दुब्र्यवहार नगरेको वडा अध्यक्ष एजाजले जानकारी दिएका छन ।