अधिकारको दुरुपयोग गरेको ठहर गर्दै अनुगमन समितिको पद बाट हटाउने निर्णय, झुक्याएर हस्ताक्षर गराइयो उपमेयर खातुन

रौतहट । असार २२ गते
रौतहटको गजरा नगरपालिकाकि उपमेयर रौषन खातुन शेखलाई अनुगमन समिति बाट हटाउने निर्णय गरिएको छ । गुजरा नगरपालिकाको कार्यपालिका बोर्डको बैठकले उपमेयर खातुनलाई योजना अनुगमन समितिको अध्यक्ष बाट हटाउने निर्णय गरेको हो ।प्रत्येक स्थानीय तहमा विकासको योजना अनुगमन र सिफारिस गर्ने अधिकार उपप्रमुखलाई संविधानले दिएको छ । तर उपमेयर सेखले उक्त अधिकारको दुरुपयोग गरेको ठहर गर्दै अनुगमन समितिको पद बाट हटाउने निर्णय गरेको गुजरा नपा ४ का वडा अध्यक्ष पवनराज गिरिले बताएका छन । सेखले विकासको अनुगमन न गर्ने,भएको कामको पनि सिफारिस न गर्ने तथा सिफारिसमा विभेद गर्दैआएको वडा अध्यक्ष गिरिले जानकारी दिएका छन । कार्यपालिकाको बहुमतले गरेको निर्णयमा उपमेयर रौषन खातुन सेखले समेत हस्ताक्षर गरेको वडा अध्यक्ष गिरिले बताए । उता उपमेयरका श्रीमान सेख बदरुदिनले कार्यपालिका बोर्डको बैठकमा खातुन संग झुक्याएर हस्ताक्षर गराएको दाबी गरेका छन । एकैपटक ५ वटा निर्णय पुस्तिकामा उपमेयर संग हस्ताक्षर गराएकाले उनले सबै निर्णय पढ्न नसकेको बदरुदिनले स्वीकार गरेका छन । संबैधानिक अधिकारलाई कसैले बलपूर्वक कटौती गर्नखोजेमा आफू न्यायको लागि अदालत सम्मजाने उपमेयर सेखले बताएकी छिन ।