चार महिनामा करिब ६० हजार सवारीसाधन कारवाहीमा

बारा, २४ मंसिर । प्रदेश नं. २ ट्राफिक कार्यालय पथलैयाले चालू आवको चार महिनामा करिब ६० हजार सवारीसाधनहरुलाई कारवाही गर्दै तीन करोड ६८ लाख ६० हजार रुपियाँ राजस्व सड्ढलन गरेको जनाएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालका अनुसार ५९ हजार ९ सय ५ वटा सवारीसाधनलाई पछिल्लो चार महिनामा कारवाही गरिएको थियो । चार महिनाको तथ्याड्ढ अनुसार साउनदेखि कातिकसम्म १९ हजार ९ सय ६९ ट्रकबाट १ करोड ३६ लाख ५ हजार, ४ हजार ९९३ बसबाट रु ३१ लाख ३९ हजार, ७ हजार २२५ वटा कार, जीप, भ्यानबाट रु ४० लाख ४० हजार, ३ हजार ५२ ट्याक्टरबाट रु २० लाख १० हजार, २० हजार ५५४ मोटरसाइकलबाट १ करोड १८ लाख ७९ हजार र ३ हजार ६३६ वटा टेम्पोलाई कारवाही गरिएको वापत २१ लाख ७ हजार गरी कुल ३ करोड ६८ लाख ६० हजार राजस्व असुली भएको छ । चार महिनाको सवारी कारवाहीको तथ्याड्ढ अनुसार सबैभन्दा बढी मोटरसाइकललाई कारवाही गरिएको देखिएको छ भने ईरिक्शालाई कम कारवाही गरिएको छ ।