महेश बस्नेत बने दुईओटा चर्चित जनसंगठनको इञ्चार्ज

काठमाडौं, बैशाख १० । नेकपा एमालेले युवा नेता महेश बस्नेतलाई दुईओटा चर्चित जनसंगठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले युवा नेता बस्नेतलाई युवा संघ र राष्ट्रिय खेलकुद महासंघको इञ्चार्जको जिम्मेवारी तोकेको हो ।

बैठकमा महासचिव इश्वर पोखरेलले नेताहरुको कार्यबिभाजन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुई ओटा जनसंगठनको इञ्चार्जको जिम्मेवारी पाउनुभएका बस्नेत भत्तःपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।

पूर्वमन्त्री बस्नेत युवा परिचालनमा सवैभन्दा अग्र भागमा पर्नुहुन्छ । उहाँको सोही क्षमताको कदर गर्दै एमालेले युवा संघ र खेलकुद महासंघको इञ्चार्जको जिम्मेवारी दिएको हो ।साभार जनता टाइम्स