प्रदेश २ मा जानकी मंदिर बाहेक आठै जिल्लामध्ये बारामा बढी पर्यटकिय स्थलको सम्भावना ः सभामुख यादव

बारा, २४ मंसिर । प्रदेश नम्बर २ का सभामुख सरोज प्रसाद यादवले प्रदेश २ मा जानकी मंदिर बाहेक आठै जिल्लामा बारा जिल्लामा बढी पर्यटकिय स्थलको सम्भावना रहेको बताउनु भएको छ । कलैयामा २५ करोड बढीको लगानीमा तीन तारे होटलको एक कार्यक्रमबा बीच उदघाट्न गर्दै सभामुख यादवले बाराको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान भए पनि कलैया क्षेत्रमा स्तरीय होटलको अभाव यस होटेलले पुरागर्ने बताउनु भएको हो । कलैया उपमहानगरपालिका–५ मा रहेको ऐतिहासिक बरेवा दरवार परिसरमा निर्माण गरिएको होटलको नामसमेत बरेवा दरबार होटल एण्ड बेङ्कट राखिएको होटल सञ्चालनमा आएपछि बाराको सदरमुकाम कलैयामा स्तरीय तथा भीभीआईपी. होटलको आवश्यकता पूर्ति हुने अपेक्षा पुरा भएको सभामुख यादवले बताउनुभयो । बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थलले एक बर्षमा कम्तीमा छ करोड यात्री ओहोरदोहोर गर्ने मध्ये केहीले पनि यो होटेलमा बासबसे यसको सार्थकता पुरा हुने सभामुख यादवले भन्नुभयो । बजार तथा स्थानीयको विकासमा स्थानीय बासीकै ठुलो हात रहेकाले यस भेगमा कमी रहेका ठुला होटेल बनाएर किरणबिक्रम शाह धन्यबादको पात्र रहेको सभामुख यादवले बताउनुभयो । यता एक सय ७६ बर्षअघि राजा रामराजा मोहन बिक्रम शाहले वरेवा दरवार निर्माण गर्नु भएको ठाउँमा अहिले उहाँकै नाती किरणबिक्रमले सो दरवारले ओगटेको मध्ये साढे १८ कठ्ठामा होटल तथा डेढ कठ्ठागरी एक बिगहा जग्गामा सबै सुबिधा युक्त होटेल निर्माण गर्नु भएको हो । नेपाली सेनाको प्रमुख सेनानी पदबाट सेवा निवृत्त शाह बारामा होटल व्यवसायमा सम्भाव्यता देखेर यसरी करोडौको लगानी होटेल निर्माणसँगै दरवारको पुरानो संरचना पनि जीर्णोद्धार गरिएको छ । दरबारका ऐतिहासिक पक्षका बारेमा रुची राख्ने पर्यटकका लागि यो थप आकर्षण बन्नसक्ने शाहले भन्नु भयो । स्वीट, डिलक्स र स्ट्याण्डर्ड गरी २३ वटा कोठा, सानाठु्लागरी ४ वटा सेमिनार, मिटिङ्गहल तथा स्विमिङ पुललगायको सुविधा उपलब्ध भएको होटल यस भेगका पर्यटकिय स्थलमा टेवा पुग्ने विश्वास गरिएको छ । बाराको गढीमाईमा प्रत्येक पाँच वर्षमा लाग्ने मेला यस वर्ष शुरु भइसकेकाले त्यसबाट होटलले लाभ लिन सक्ने अपेक्षा सञ्चालकको छ । मेलामा आउने भक्तजनलाई लक्षित गरी राजधानी काठमाडौं र भारतका विभिन्न टुर एण्ड ट्राभल एजेन्सीसँग सहकार्य गरी गढीमाई तथा पर्सा राष्ट्रिय निकुञ्जको अवलोकनलाई समेटेर पर्यटकीय प्याकेज बनाईएको संचालक शाहले बताउनु भयो । भारतको बिहारका पर्यटक र वैवाहिक कार्यक्रमले पनि होटलको व्यवसाय बढाउने सञ्चालक शाहको विश्वास छ ।