कर्मचारीको समायोजन ठीक ढंगले नभएको स्वास्थ्य मन्त्री ढकाल

काठमाण्डौ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको बताउनु भएको छ । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा भएको टिप्पणी गनुए भयो । उहाँले जुन ढगंले समायोजन हुनुपर्ने त्यो ढंगले कर्मचारी समायोजन भएको छैन’ भन्नु हुदै समायोजनका क्रममा आएका २ हजार गुनासोमध्ये १ हजार गुनासो व्यवस्थापन गरेको र १ हजार गुनासोको व्यवस्थापनको क्रममा रहेको खुलासा गर्नु भयो । मन्त्री ढकालले जनु ठाउँमा आवश्यकता पनि र माग पनि छ भने त्यो ठाउँमा कर्मचारी पठाउने हो भने समायोजनको समस्या सुधार हुँदै जाने बताउनु भयो । उहाँले यसअघि स्वास्थ्य मन्त्रालय व्यक्ति केन्द्रित रुपमा चलेको भन्दै अब विधिकेन्द्रित बनाउन सुझाव दिनुभयो ।