सरकारसँग विकास र समृद्धिको योजना नरहेको कोईरालाको दावी

बिराटनगर, २३ मंसिर नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेकपा नेतृत्वको सरकारसँग विकास र समृद्धिको योजना नरहेको दावी गर्नु भएको छ । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले सरकार जनताप्रति उत्तरदायी भन्दा पनि जनतालाई ठूला–ठूला सपना बाँड्ने र झुटा आश्वासन दिनेमा केन्द्रित रहेको आरोप लगाउनुभयो । उहांले सरकार गठन भएको दुईवर्ष बित्यो, सरकार अहिले पनि विकास र समृद्धिको योजनाविहीन रहेर सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणको कुनै काम गर्न नसकी सरकार पुरै असफल भएको बताउनुभयो । सरकारले पानीजहाज चलाउने, रेल भित्रयाउने लगायतका ठूला विकासे योजनाको नारा जनतालाई बाँड्ने काम मात्र गरेको महामन्त्रि डा. कोईरालाले टिप्पणी गर्दै एक अर्को प्रसंगमा हिन्दुराष्ट्र आफनो एजेन्डा नभएको बताउनुभयो ।