हेटौंडा– पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बेहोस छन् ।
तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो । च्याउ खादा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ ।
उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि भरतपुर लगिएको छ ।