रौतहटको गरुडमा झड्पप्रहरी द्वारा ११ राउण्ड गोली फायर, गोली लागी एक जना घाईते

रौतहट, २९ चैत ।

रौतहटको गरुडा नगरपालिकामा ढुङ्गामुढा भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ११ राउण्ड गोली फायर गरेको छन् । साथै प्रहरीको गोली लागी एक जना घाईते भएका छन् ।गरुडा नगरपालिका भित्र व्यापक भ्रष्टाचार भएको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका स्थानीय दिपक यादव समुहका ब्यक्तिहरुले बुधवार दिउँसो २ बजेतिर गाउँलेहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न आएका थिए । स्थानीयहरुको हो–हल्ला सुनेर पालिका नजिकै रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा आएका सुरक्षाकर्मीहरु नगरपालिकामा ताल्चा लगाउन रोकपछि यादव नेतृत्वमा आएको समुहले एक्कासी प्रहरी माथि ढुंङ्गामुढा सुरु गरेका थिए । उनीहरुको ढुङ्गामुढाबाट पालिकाको टिपर, मोटरसाइकल, कार्यालय झ्यालमा क्षति पु¥याउन थालेपछि सुरक्षामा रहेको प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज गरेपनि स्थिति झन बिग्रिन थालेपछि चार राउण्ड टियर ग्याँस प्रहार गरेका थिए ।ढुङ्गामुढाबाट प्रहरी निरीक्षक पासवान घाईते भएको र अवस्था झन् बिग्रिदै गएपछि प्रहरीले ११ राउण्ड गोली फायर गरेर स्थिति नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले जानकारी दिनुभयो ।प्रदर्शनकारीको ढुङ्गामुढाबाट नगरपालिका वरिपरी रहेका सवारी साधनहरुमासमेत क्षति भएको, प्रहरी निरीक्षक पासवानसहित चार जना प्रहरी घाइते भएको प्रहरी उपरीक्षक बुढामगरले भन्नुभयो ।यसैविच प्रहरीको गोली लागेर गरुडा नगरपालिका–५ लक्ष्मिपुर टोलका २२ वर्षीय गजेन्द्र प्रसाद यादव घाइते भएका छन् । घाईते यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय हेल्थ लैन्ड अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा पठाइएको छ । घाईते युवकको अवस्था सामान्य रहेको तथा गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले अहिले सम्मपुष्टि गर्न नसकेको तथा बिरगंजको कुनै पनि अस्पतालमा उपचार भएमा यस बिषयमा यकिन भन्न सकिने प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो ।पालिकामा प्रदर्शन गराउने ल्याएका अगुवा भनिने दिपक यादवसहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रकृया अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।

फोटो क्याप्सनः– प्रहरीको गोली लागी घाईते भएका गजेन्द्र प्रसाद यादवलाई अस्पताल लगिदै । ढुङ्गामुढाबाट क्षती भएको पालिकाको टिपर ।