अनाथालयका बालबालिकाको लागि गरियो पंखा सहयोग

रौतहट । साउन १५ गते
गर्मी बाट बच्नको लागि गरुडामा रहेको एक अनाथालय लाइ पंखा सहयोग गरिएको हो । मध्य रौतहट स्थित रहेको
श्री बंशीराम जयसवाल अनाथालयमा उक्त सहयोग गरिएको हो । एक कार्यक्रमका बिच गरुडा नगरपालिका का मेयर इनु राय यादव ,उपमेयर रंगीला कुमारी जयसवाल, निमित्त कार्यालय प्रमुख मुस्ताक आलमको पहलमा हस्तान्तरण गर्नु गरिएको हो । बंशीराम जयसवाल अनाथलयमा अनाथ बालबालिका को लागि एस्टैण्ड फैन ४ पीस उपलब्ध गराइएको हो । पंखा उपलब्ध गराएकोमा नगरपालिका लाइ अनाथालय परिवारले धन्यवाद व्यक्त गरेको हो । भनिन्छ बँुदै बुँदले तलाउ भरिन्छ । यस्तै सानो सानो सहयोग हुदै जाने हो भने अनाथालयमा बस्ने बालबालिकाहरु लाइ सहयोग पुग्ने थियो । अनाथालयमा रहेको बालबालिकाका लाइ गर्मीयाममा समस्या भइरहेको बेला यस्तो सहयोग गरिएको हो ।