रौतहटमा स्रोत नखुलेको ८ लाख रकम सहित १ जना पक्राउ


आरके श्रीवास्तव । रौतहट । जेष्ठ २७
रौतहट प्रहरीले ८ लाख नेपाली रुपैया सहित एक जनालाई मंगलवार नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिकाको वडा नम्वर ३ टिकुलियाबाट ८ लाख नेपाली रुपैयाँ सहित इशनाथ नगरपालिका वडा नं. ४ का धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश र जिल्ला प्रहरी कार्यालय गौरको संयुतm टोलीले ८ लाख रुपैयाँ सहित साहलाई आज विहान नियन्त्रणमा लिएको डीएसपी भरतबहादुर श्रेष्ठले बताए ।
श्रोत खुल्न नसकेको उक्त रकम कहाँबाट ल्याएको हो भने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिएको उनले जानकारी दिए । गत जेठ ८ गते रौतहटको सिमावर्ती इशनाथ नगरपालिकाबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । पहिलो घटनाको अनुसन्धान कार्य जारी नै रहेको बेला आज (मंगलबार) फेरि एक जनालाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रवक्ता तथा डिएसपी श्रेष्ठले बताए ।
सिमावर्ती क्षेत्र भएको हुनाले नेपाली रुपैया बैरगनियामा र भारतीय रुपैया गौरमा थन्किदा व्यापारीलाई नोकसानी बेहोर्नुपर्दा केही रकम खर्च गरेर क्यारिंगको मार्फतबाट उक्त रकमको चलखेल सुरु भएको अनुसन्धानमा खटिएका श्रोतबाट बुझिएको छ । पछिल्लो घटनाहरू हेर्दा रकमको ओसारपसार बढेको छ । रकम ओसारपसार गर्ने कार्यको बारेमा थप अनुसन्धान प्रहरीले अघि बढाएको छन् तर अहिले सम्म सुराक पत्ता लाग्न नसकेको ति श्रोतले बताए ।
सिमावर्ती भारत वैरगनियाको व्यापारी संग र नेपाली व्यापारी संग करोडौं रकम रहेको हुँदा उक्त रकमलाई सहज रुपमा पुर्याउन ग्रास रुटमा चलखेल भएको हुँनाले ओसार पसारले प्रोत्साहन पाएको हल्ला चलेपछि प्रहरीले त्यस्ता अबैध कार्यमाथि निगरानी बढाउदा अहिले सम्म १८ लाख बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।