काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई राष्ट्र बैंकले मर्जरको स्वीकृति दिएको छ ।
गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो । प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूलाई जानकारी दिए ।
साउनमा यी दुई बैंकले मर्जरमा जाने समझदारी गरेका थिए । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ राखेर दुई बैंक मंसिरसम्म एकीकृत कारोबार गर्ने तयारीमा छन्। मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
मर्जरपछि बैंकको नाम प्रभु रहने र सीईओमा प्रभु बैंकका सीईओ अशोक शेरचनले नै निरन्तरता पाउने छन् भने सेञ्चुरीका सीइओ मनोज न्यौपाने मर्जपछि प्रभुको डेपुटी सीइओ हुनेछन् । बैंकको सञ्चालक समितिमा प्रभुका तर्फबाट ४ र सञ्चुरीको ३ गरी ७ सदस्य हुनेछन्।