बीरगंजबाट सुरक्षार्मीकै मिलेमतोमा खशीबोका तस्करी तीब्र

बीरगंज– पर्साको बीरगंज महानगरपालिका १६ भन्सार एरियाबाटै पछिल्लो समय खशी बोका तस्करी तिब्र रुपमा बढेको छ ।
भारतबाट अवैध रुपले एक सय देखी एकसय ५० वटा खशी, बोका दिनहु नेपाल भित्रीरहेको स्थानीयले जानकारी दिएका छन ।
बीरगंजको भन्सार सुरक्षा बेसका प्रमुख सशस्त्र प्रहरी निरिक्षक रविन्द्र भट्ट, ईनर्वा चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक हिमाल भण्डारी, बीरगंज भन्सारका प्रमुखकै मिलेमतोमा खशीबोका तस्करी भईरहेको स्थानीयले गुनासो गरेका छन ।
भारतबाट अवैद्ध रुपले नेपाल भित्रियाईएको खशीबोका बीरगंज, जितपुर, सिमरा हुदै राजधानी काठमाण्डौं सम्म पु¥याउने गरिएको स्थानीयको भनाई छ ।
एउटा खशीलाई नेपाल भित्रियाए वापत एक हजार देखी १५ सय रुपैयाँ ढुवानी खर्च, डिउटीवाला सुरक्षाकर्मीलाई प्रति खशी ५० देखी एक सय रुपैयाँ तिर्ने गरिएको स्रोतले जनाएको छ ।
बीरगंज भन्सार भन्दा पुर्व पट्टीको नाका ईनर्वा गाउ र मुख्य नाका बीरगंज भन्सार हुदै खशी, बोका, लताकपाडा, मेसिनरी पार्टस भित्रिने गरेको स्थानीयले बताएका छन ।
भन्सार कार्यालय प्रमुख र सुरक्षाकर्मी प्रमुखहरुलाई आर्थिक प्रलोभनमा पारी बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी सौखत मिया, समिर अन्सारी लगायतका तस्करहरुको समुहले सांगठनिक रुपमा तस्करी गराईरहेको स्रोतले जनाएको छ ।
यसैगरी बाराको मुसहर्वा र बलिरामपुर नाकाबाट ती तस्कहरुकै टोलीले खशी, बोका, भैसी, मेसिनरी पार्टस पुर्जा, लताकपडा, भारतिय माछा लगायतको तस्करी गरीरहेको स्थानीयको भनाई छ ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस मुसहर्वाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक र प्रहरी चौकी मुहसहर्वा, बलिरामपुरका प्रमुखहरुको मिलोमतोमा तस्करी भईरहेको स्थानीयले बताएका छन । खशी बोका, भैसी बिहान ८ बजे देखी साझ ६ बजे सम्म तस्करी भईरहेको स्थानीयले बताएका छन ।