रौतहटको चारवटै क्षेत्रबाट एमालेको प्रतिनिधीसभा प्रदेशसभा उमेदवार सिफरिस

रौतहट १९ भदौ ।
रौतहट । अगामी मंशिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको लागी नेकपा एमालेले रौतहटको चा।वटै निर्वाचन क्षेत्र बाट उमेदवारको नाम सिफरिस गरेको छ ।
चारवटै क्षेत्रको पार्टि क्षेत्रिय कमिटिको छुटाछुटै बसेको बैठकले क्षेत्र नम्बर एक,दुुइ र तिनमा प्रतिनिधीसभाको उमेदवारमा एकल नाम सिफारिस गरेको छ भने क्षेत्र ४ मा तिनजनाको नाम सिफारिस गरीएको छ ।
क्षेत्र नम्बर ४ स्थित आईतवार बसेको एमालेको क्षेत्रिय कमिटिको बैठकले प्रतिनिधीसभाको उमेदवारको रुपमा उद्धव रेग्मी,अखिलेश्वर चौधरी,र बैधनाथ सहनीको नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेशसभा सदस्यका लागी निर्वाचन क्षेक क बाट खडग बहादुर बम्जन,अशोक कुमार पहाडी,सुनिल तिमलसिना,प्रमोद चौधरी,र प्रहलाद पौडेलको नाम सिफारिस गरीएको छ । क्षेत्र ख बाट शेख दाउद,शेख हजाज,नागेन्द्र साह,र रिता बस्नेतको नाम सिफारिस गरीएको एमाले क्षेत्रिय कमिटिले जनाएको छ ।
त्यसैगरी क्षेत्र ३ मा प्रतिनिधीसभा सदस्यको लागी एमाले स्थायी समिति सदस्य प्रभुसाह,क्षेत्र २ मा किरण कुमार साह,र क्षेत्र १ मा अजय कुमार गुप्ताको एकल नाम सिफारिस गरीएको एमाले जिल्ला कमिटि सचिव बालबिक्रम कार्कीले बताएका छन ।
त्यस्तै क्षेत्र ३ ख बाट प्रदेससभा सदस्य पदको लागी एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहाको एकलनाम सिफारिस गरीएको छ भने क बाट हालसम्म उमेदवारको नाम सिफारिस हुनसकेको छैन ।
त्यस्तै क्षेत्र २ क बाट महमद जैद,ख बाट मनोज यादव र क्षेत्र १ प्रदेशसभा निर्वाचन क्षेत्र क बाट राजकिशोर यादव र ख बाट राजेश चौधरीको नाम प्रदेशसभा सदस्य उमेदवारको रुपमा सिफारिस भएको एमाले जिल्ला सचिव कार्काीले जानकारी दिएका छन ।
रौतहट जिल्लाको चारवटै क्षेत्र बाट समानुपातिक उमेदवारको नाम हालसम्म टुंगो लागेको छैन । भोली सोमवार एमाले जिल्ला कमिटिको हुने बैठकको निर्णय बाट प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यमा समानुपनतिक तर्फको नाम सिफारिस गरीने पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिएका छन ।