राजपा नेपाल पर्साको सपथ ग्रहण

आर्दशवाणी संवाददाता । पर्सा, १० मंसिर । राजपा नेपाल पर्साको सपथ ग्रहण तथा प्रथम वैठक मंगलवार सम्पन्न भएको छ । जिल्ला कार्य समितिका ७१ जना सदस्यलाई पार्टीका महासचिव शिव पटेलले सपथग्रहण गराउनु भएको छ । जिल्ला अध्यक्ष जगदीश पटेलको अध्यक्षतामा सम्पन्न पार्टीको प्रथम वैठकले ५ बुंदे निर्णय गरेको छ । वैठकले पार्टीका वडा, गाउँ, नगर, क्षेत्र सहित सबै तहको नियमित वैठक गर्ने, पार्टी संचालनका लागि कार्यकर्ताबाट लेवी उठाउने, पार्टी कार्यालय व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउने र ३ वटा वैठकमा अनुपस्थित हुने जिल्ला कार्य समितिका सदस्यलाई स्पष्टीकरण सोधिने निर्णय गरेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, रामचन्द्र पडित, सचिव राजेश कुमार साह, श्रीरामजी गिरी, उपाध्यक्ष देवानन्द यादव, जरी लामा, नागेन्द्र यादव, अरसद कमाल, गोविन्द यादव, शम्भु यादव लगायतको उपस्थिति रहेको थियो ।