पिसिआर मेसिन खरिद गर्न युवा नेता संजीव यादवको माग


साउन २७ गते, रौतहट ।
जनता समाजवादी पार्टिका नेता संजीव कुमार यादवले कोरोना परिक्षणका लागि पिसिआर मेसिन खरिद गर्न माग गरेका छन ।
नेता यादवले प्रत्येक स्थानीय तहलाई मिलेर भएपनि कम्तीमा एउटा पिसिआर मेसिन खरिद गर्न माग गरेका हुन । जनता समाजवादी पार्टिका रौतहट क्षेत्र नं १ ख का क्षेत्रीय अध्यक्ष समेत रहेका नेता यादवले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्ता माग गरेका हुन ।
रौतहटमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढदै गएको र समुदायस्तरमा समेत कोरोना फैलिएकोले जिल्लावासीको जिउ ज्यानको सुरक्षाका लागि एउटा पिसिआर मेसिन खरिद गर्न नेता यादवले जोडदार माग गरेका हुन ।
मेयर, उपमेयर र हाकिमलाई चढनको लागि करोडौको गाडि किन्न सक्ने स्थानीयतहले आम जनताको सुरक्षाका लागि एउटा पिसिआर मेसिन खरिद गर्न नसक्नु दुर्भाग्य रहेको नेता संजीव यादवले टिप्पणी गरेका छन ।
मेयर, उपमेयर र हाकिमले कोरोना, विकास निर्माण, विभिन्न सामग्रि खरिद लगाएतका नाममा वार्षिक करोडौ भ्रष्टाचार गर्दै आएपनि जनताको लागि एउटा पिसिआर मेसिन खरिद गर्न नसक्नु स्थानीय सरकार जनताप्रति उतरदायी नरहेको उनको भनाई छ ।