१३४० सवारी दुर्घटना ४२० जनाले ज्यान गुमाए
बारा, साउन २७ गते । आर्थिकबर्ष ०७६÷०७७ मा भएको बिभिन्न सवारी दुर्घटना ४२० जनाले ज्यान गुमाएका छन् । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाको बिभिन्न स्थानमा १३४० सवारी दुर्घटना हुँदा ४२० जनाले ज्यान गुमाएका २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका निमित प्रमुख तथा प्रहरी नायब उपरीक्षक राम ढकालले बताए । यस्तै ०७६÷०७७ मा भएको दुर्घटनामा ९०५ जना गम्भिर घाईते तथा ९६२ जना समान्य घाईते भएका हुन् । २ नम्बर प्रदेशको आठ जिल्लाका बिभिन्न चेक प्वाईन्टबाट एकबर्षमा एक लाख ९१ हजार ५२६ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गर्दा १२ करोड १६ लाख ६८ हजार ५ सय राजश्व संङ्कलन भएको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिए । यसैगरि मादक पद्र्धाथ सेवनगरि सवारी चलाउने, हेल्मेट नलगाएको र ३÷३ जना मोटरसाईकलमा सवार रहेकालाई कारवाही गरिएको छ ।