फतुवा विजयपुरमा दिवाखाजाकाे लाखौं रकम प्रअहरूले हिनामिना गरेकाे वडाध्यक्ष जयसवालकाे भनाइ

राैतहट । साउन ३१ गते
राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ८ स्थित रहेकाे विधालयहरू मा दिवाखाजाकाे रकममा व्यापक घाेटाला भएको संचारकहरूर्मीकाे टाेली स्थलगत रिपोर्टिङ गर्न जाँदा यस्तो रहस्य खुलेको छ । नगरपालिकाकाे वडा नम्बर ८ काे फतुअा विजयपुर,बुनियाद, कट्टा टाेलमा रहेकाे विधालयहरू मा विधार्थीकाे लागि अाएकाे दिवाखाजाकाे रकम मा व्यापक अनियमितता भएको एक जना जनप्रतिनिधिले बताएका छन् । वडा नम्बर ८ विजयपुरका वडाध्यक्ष उमाशंकर जयसवालले अाफना वडामा रहेका चार वटै विधालयहरूले दुई अार्थिक वर्षकाे अझै सम्म दिवाखाजाकाे रकम वितरण गर्न नसकेको बताएका छन् । दिवाखाजाकाे रकम वितरण गर्नकाे लागि आफुले उत्त विधालयका प्रअहरू लाई पटक पटक ताकेता गरेपनि कुनै सुनवाइ नगरेकाे वडाध्यक्ष जयसवाले बताए । नगरपालिका बाट दिवाखाजाकाे रकम पठाए पनि विधालयले विधार्थीहरू लाई वितरण नगरि दिवाखाजाकाे लाखौं लाखकाे रकम प्रअहरूले घाेटाला गरेकाे वडाध्यक्ष जयसवालकाे भनाइ छ । बालबालिका काे लागि अाएकाे रकम प्रधानाध्यापकहरू ले अफना मनमानी तरिकाले वितरण नगरि घाेटाला गर्नु भ्रष्टाचार काे चरम सिमा नाघेको वडाध्यक्ष जयसवालकाे ठम्याइ रहेको छ । अाफुले जति छिटाे ती विधालयहरूलाई खाजावापतकाे रकम वितरण गर्न निर्देशन दिएकाे उनले बताए । दिवाखाजाकाे रकम वितरण नगरेकाे स्थानीयहरूकाे व्यापक गुणासाे पछि संचारकर्मी काे टाेली स्थलगत रिपोर्टिङ गरेपछि समाचार बाहिर अाउने डरले दुई विधालयका प्रधानाध्यापकहरू दिवाखाजा वापतकाे रकम वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । साे वडामा एक मावि र तीन वटा प्रावि विधालयहरू रहेका छन् । बिजयपुर बजार स्थितरहेकाे श्री माध्यमिक विधालय विजयपुर , श्री माँ सरस्वती प्रावि कट्टा टाेल, श्री प्रावि बुनियाद र श्री बाल ज्याेती प्रावि बुनियादले नगरपालिका बाट दिवाखाजाकाे रकम बुझि अहिलेसम्म वितरण गर्न सकेका छैन्न । अभिभावकहरूले दबबा दिएपछि फतुअामा रहेको श्री माँ सरस्वती प्रावि कट्टा टाेलका प्रधानाध्यापक सुबाेध प्रसाद यादवले अगामी भदौ २ गते अभिभावक भेला बाेलाई दिवाखाजा काे रकम वितरण गर्ने प्रतिबद्धता जनाईसकेका छन् भने श्री बाल ज्याेती प्राथमिक विधालय लक्ष्मीनिया बुनियाद कि प्रधानाध्यापक रेणु चाैधरीले छिट्टै वितरण गर्ने प्रतिबद्धता अभिभावक समक्ष जनाएकि छिन् । यस विषयमा श्री प्राथमिक विधालय बुनियादका प्रधानाध्यापक मुति प्रसाद चाैधरी संग कुरा गर्दा विधार्थीकाे खाजा बापत काे रकम अाफुले अाफनाे तलबमा कट्टा गरेकाे भनी गैरजिम्मेवार पूर्ण जवाफ दिएका छन् । अाफनाे तलब भता हुदाहुदै विधार्थीकाे खाजाकाे रकम पनि प्रधानाध्यापक चाैधरीले अाफनै तलबमा काटेकाे भनी गैरकानुनी काम गरेकाेले उनलाई हदैसम्म काे कार्यवाही गर्न स्थानीय अभिभावकहरूले माँग गरेका छन् । फतुवा विजयपुर नगरपालिका का शिक्षा संयाेजक बुनिलाल यादवले दिवाखाजाकाे रकम सम्पूर्ण विधालयहरूकाे खातामा रकम पठाईदिएकाे जानकारी गराए । याे समस्या वडा नम्बर ८ काे मात्रै नभई पुरै नगर भरिकाे विधालयहरूकाे रहेकाे देखिन्छ । यता विधालयहरूले विधार्थीहरूकाे दिवाखाजाकाे रकम वितरण नगर्दा अभिभावकहरू आक्राेसित भएका छन् । अबकाे केही दिनमा विधालयहरू दिवाखाजाकाे रकम वितरण नगरे प्रधानाध्यापकहरू लाई विधालयमै थुन्ने अभिभावकहरू चेतावनी दिएका छन् । विधालयहरूकाे यस्तो चरम लापरबाही हुँदा हुँदै पनि फतुवा नगरपालिका का नगरप्रमुख गाेपाल यादवले कानमा तेल हालेर सुतेका छन् ।