निजगढलाई बचाउदा बदनाम गरे जन प्रतिनिधी

बारा, २४ जेठ । आउने बर्खाको बेलामा बकैया खोलाको बहावलाई पश्चिम तिर परिर्वतन नगरिए निजगढ नै डुबानमा पर्ने भएकोले थुप्रीएको नदीजन्य पदार्थलाई हटाउनै पर्ने भए पनि यस समस्यालाई गम्भिरता साथ लिन जनप्रतिनिधीहरुले शनिबार निजगढ नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनमा सम्बन्धित पक्षसँग आग्रह समेत गरेका छन् । बकैया खोलाको ठेकेदारसँग तीन लाख रुपैया जरिवाना गरेको र निजगढको जनप्रतिनिधीहरुको मिलोमतोमा बकैया खोलामा मापदण्ड बिपरीत उत्खन्न गरिएको आरोप लागे पछि पत्रकार सम्मेलन त्यस कार्यको निजगढका जनप्रतिनिधहरुले बिरोध गरेका हुन्। निजगढ नगरपालिकाको वाड नम्बर ४,८ र ९ भएर बहने बकैया नदीमा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन खोलाको उत्खन्न कार्य गराए पनि केही संचारमाध्यमहरुमा वास्तविक भन्दा फरक समाचारहरु प्रकाशन र प्रशारन गरिएको आरोप पत्रकार सम्मेलनमा निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनालले बताए । ‘प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन अनुसार खोलाको ६ वटा प्लटबाट एक करोड २२ लाख ४३ हजार जति क्युफिट नदीजन्य पदार्थ उत्खन्न गर्न भनिएको छ,’ नगर प्रमुख खनालले भने ‘ ढिलो गरि नदीजन्य पदार्थको ठेक्का लागु, अदालतको आदेश ठेक्काको काम रोक्नु र लकडाउनमा उत्खन्न नगरिनु लगाएतको कारणले गर्दा ती नदीजन्य पदार्थहरु खोलामै अहिले थुप्रिएको अवस्था छ । प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन बकैया खोलाबाट नदीजन्य पदार्थलाई उत्खन्न गरेर पुर्व तिर नदी नियन्त्रण नगरिदा बाढीबाट आउने प्राकृतिक विपदबाट निजगढमा धन जनको ठुलो क्षति पुग्ने सम्भावनालाई बुझेर पनि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय , सुरक्षा निकाय लगाएतका निकायबाट सहयोगको अपेक्ष गरिएको पत्रकार सम्मेलनमा खनालले बताए । निजगढलाई बचाउन बकैया खोलाको तटबन्ध गर्नको लागि संघिय तथा प्रदेश सरकारका बिभिन्न मन्त्रालय , बिभाग, आयोजनाहरुमा पटक पटक जानकारी गराउँदा समेत कुनेै ठोस प्रगति हुन नसकेको अवस्थामा नदीजन्य पदार्थको व्यवस्थित उत्खन्न गरि नदी च्यानलाइज गरि मानव बस्ती जोगाउन स्थानीयहरुबाट व्यापक दवाव आएकोले हामी नदीलाईबाट निजगढलाई सुरक्षित बनाउन उदेश्यले मात्रै काम गरेको खनालले बताए । पत्रकार सम्मेलनमा प्रमुख सुरेश कुमार खनालसँगै उप प्रमुख लिला देवी, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।