‘ठुलो परिमाणमा तस्करीको कपडा बरामद’

उत्तम कुमार उपाध्याय
रौतहट– भारतको घोडासहनबाट नेपालको बारा, रौतहटको सिमावर्ती नाकाबाट पछिल्लो समय तस्करी बढेको छ ।
भारतको घोडासहनबाट नेपालको बारा जिल्लाको विभिन्न पालिका हुदै रौतहट छिरेको मोटरसाईकललाई ठुलो परिमाणमा रेडिमेड कपडा सहित बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेस सरमुजवा बंकुलबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
बेस प्रमुख सशस्त्र प्रहरी निरिक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले दुई वटा मोटरसाईकल सहित दुई भांगा कपडा नियन्त्रणमा लिएको हो ।
घोडासहन पुरनैयाकोठी संदिप यादव, झरोखरका श्यामसुन्दर साह, पटेर्वाका प्रदीप साह, कचोर्वाका उमेश साह लगायतका तस्करले माल लादै गरेको अवस्थामा माल बरामद गरिएको हो ।
सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरु मोटरसाईकल र कपडा छाडेर फरार भएको र उनीहरुको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद भएको कपडा र मोटरसाईकल करीब साढे ४ लाख रुपैयाँ मुल्य बराबरको रहेको र त्यसलाई आवश्यक कानुनी कारवाहीको लागी गौर भन्सार पठाईएको सशस्त्र प्रहरी निरिक्षक गौतमले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, प्रहरी चौकी कचोर्वा, सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेस गोलागंज, सशस्त्र प्रहरीकै फरवार्ड बेस बसवरियाका सुरक्षाधिकारीहरुसंग मिलेमतो गरी उनीहरुले तस्करी गरीरहेको स्थानीयले बताएका छन ।
सुरक्षाकर्मीले आर्थिक प्रलोभनमा परेर निर्वाध रुपमा तस्करी गराईरहेको स्थानीयले जानकारी दिएका छन ।
तस्करले मालसामान नेपाल भित्रियाउने बेलामा सुरक्षाकर्मीले नै फोन जानकारी दिएर रुट क्लियर गरी दिने गरेको स्थानीयले जानकारी दिए ।
तस्करहरुले साईकल, मोटरसाईकलमा भारतबाट अवैध रुपले भन्सारछली स्थानीय सुरक्षाकर्मीको मिलेमतोमा निर्वाध रुपले तोकिएको समयमा मालवस्तुको तस्करी गरीरहेको स्थानीयले बताएका छन ।
जिल्लाको बसवरिया, बेल्दारी, सिम्रौनगढ, अमृतगंज खाजानी, कवहीगोठ लगायतका नाकाबाट चोरी तस्करी भईरहेको स्थानीयले बताएका छन ।
भारतबाट लताकपडा, किराना, हार्डवेयर सहित प्रतिवन्धित औषधीको पनि चोरी तस्करी गरी चोर नाकाबाट नेपाल भित्रिने गरेको छ । भने नेपालबाट सुपारी, लागु औषध गाजा लगायतका माल समान भारत तर्फ चोरी तस्करी हुने गरेको पाईएको छ ।

स्थानीय प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको स्थानीयको आरोप छ । तस्करलाई सम्पर्कमा ल्याउन प्रहरीले तस्करीको सामान सुरु सुरुमा समात्ने र सेटिङ मिलेपछि चुप लागेर बस्ने गरेको लामो समय देखी यस्तो क्रियाकलाप हुदै आएको जानकारको भनाई छ । प्रहरीले साना व्यपारीको माल सामान समात्ने र सेटिङ्ग मिलेको ठुला तस्करको सामान नसमातेको एक स्थानियले बताए ।